काठमाडौ ।  घरमा ग्याँसको अभाव भएपछि नेपालगञ्जमा एकजनाले  टायर बालेर नाराबाजी गरेका छन् । सितापुर–२ का ३० वर्षे रमेशबाबु ददेलले बुधबार बिहान नेपालगञ्जको व्यस्त धम्बोझी चोकमा एक्लैले टायर बालेर नाराबाजी गरेका हुन् ।

दुई तीन दिनदेखि ग्याँस नपाएपछि ददेल आक्रोशित हुनुभएको हो । सडकमा टायर बालेपछि ददेललाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सरोज पौडेलले ददेललाई सम्झाई बुझाई गरी श्रीमतीको जिम्मा लगाइएको जानकारी दिनुभयो ।  बुधबार बिहान पनि पसलमा पुगेका ददेललाई बिक्रेताले अर्को दिन आउनु भनेपछि आक्रोशित हुनुभएको हो ।

नेपाल आयल निगमले तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर एकहजार तीन २५ बाट घटाएर एकहजार दुई ७५ रुपैयाँ बनाएपछि ग्यास उत्पादकले केही दिन भारतबाट ग्याँस नभित्र्याएका कारण यसक्षेत्रमा ग्याँसको अभाव देखिएको छ ।

 

Comments

comments