काठमाडौं । पाकिस्तानी गायक आतिफ अस्लाम यतिबेला सामाजिक संजालमा सम्मानका साथ छाएका छन् ।

गत शनिबार पाकिस्तानको कराँचीमा आतिफको कन्सर्ट थियो । सो कन्सर्टमा गीत गाइरहेको बेला, आफ्ना एक पुरुष दर्शकले महिला दर्शकलाई अभद्र व्यवहार गरेको देखेपछि उनले बिचैमा गीत रोकेका थिए ।

उनले त्यतिनैबेला सुरक्षागार्डलाई बोलाएर ती महिलालाई सहयोग गर्न लगाए । “ के तिमीले आजसम्म केटी देखेका थिएनौ ?“ आतिफले ती पुरुषलाई भने,“उनको ठाउँमा तिम्री दिदी, बहिनी वा आमा पनि त हुन सक्थिन् । मानिस जस्तो व्यवहार गर “ ।

उनको यो व्यवहारलाई धेरैले सम्मान गर्दै सामाजिक संजालमा सो कन्सर्टको भिडियो शेयर गरिरहेका छन् ।

Comments

comments