एजेन्सी । बलिवुड निर्देशक तथा अभिनेता करण जौहरले आफूले पहिलो यौन सम्पर्क पैसा दिएर गरेको खुलासा गरेको छ ।

आफ्नो बायोग्रफी ब्ल ग्लकतबदभि द्ययथ मा करणले पहिलो यौन सम्पर्कका लागि पैसा दिएको खुलासा गरेका हुन् । आफू २६ वर्षको हुँदा त्यसरी यौन सम्पर्क गरेकोे बताउदै उनले त्यसबेलासम्म आफूलाई यौन सम्पर्कको कुनै अनुभव नभएको पनि भनेका छन् । करणले आफ्नो पहिलो सेक्स इन्काउन्टरबाट आफूलाई कत्तिपनि गर्व अनुभव नभएको बरु उल्टै आफूले गलत गरेको महशुश भएको पनि खुलाएका छन् ।

यसअघि करणले ल्यँष्तिभचल्भजब नामको टेलिभिजन कार्यक्रममा आफ्नो पहिलो यौन अनुभवको बारेमा अलग बयान दिएका थिए ।

त्यसबेला करणले चलचित्र कुछ कुछ होता हैको रिलिज पश्चात न्यूयोर्कमा एक वलिउड अवार्डमा सामिल हुन गएका बेला आफू बसेकै होटलमा कसैसँग पहिलो पटक यौन सम्पर्क गरेको बताएका थिए ।

करणको यो दोहोरो बयानले कुन चाहिँलाई विश्वास गर्ने भन्ने बारेमा नै यकिन गर्न नसकिने भन्दै केहीले टिप्पणी गर्न थालेका छन् ।

Please follow and like us:

Comments