काठमाडौं । चर्चित नेपाली र्यापर गायक यम बुद्ध अर्थात अनिल अधिकारीले आत्महत्या गरेको पुष्टि भएको छ ।

उनको शवको पोष्टमार्टम रिपोर्टपछि उनले आत्महत्या गरेको पुष्टि भएको चिकित्सकहरुले बताएका हुन् । आत्महत्या गर्नुअघि उनले मदिरा पिएको पाईएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । यमबुद्धले शनिवार लण्डनस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । सार्वजनिक गरिएको रिपोर्टमा यमबुद्धको बंगरा केही बंगिएको पाइएको उल्लेख छ ।

उनले आफ्नो पासपोर्ट टुक्रा टुक्रा पारेर च्यातेर फालेको अवस्थामा कोठामा भेटिएको थियो । पासपोर्ट च्यात्नुका कारण भने अझै नखुलेको उनको परिवार स्रोतले जनाएको छ । यमवुद्धले आत्महत्या अघि कुनै सुसाइड नोट पनि लेखेका थिएनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments