मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा अवस्थित नेपालीद्धारा सञ्चालित टीडब्लुजीजी माइग्रेसन तथा एजुकेसनको कार्यालय भवनमा पानी चुहिदा ठूलो क्षति भएको छ ।

twइन्सुरेन्स कभर वाहेक पनि झण्डै एक करोड रुपैयाँ वरावरको क्षति भएको प्रबन्धक सागर शर्माले हिमालयन कङ्गारुलाई बताउँनुभयो ।

tw5आइतवार बेलुकी पानी चुहिएर उक्त दुर्घट्ना भएको हो । ‘भवनको माथिल्लो तल्लामा रहेको पानीको हट पाइप फुटेर उक्त दुर्घट्ना भएको हो’,शर्माले बताउँनुभयो । पानीका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरि झण्डै एक करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।

tww 1तर कार्यालयभित्र रहेका सबै कागजात र डकुमेन्टस्हरु भने सुरक्षित रहेको शर्माले जानकारी दिनुभयो । भवनको प्रवन्धकले दुई चार दिन अझै काम नगर्ने भनिएपनि टिडब्लुजीजीको अनुरोधमा आधारभूत मर्मत सम्भार गरि सानो स्थानबाट भए पनि मंगलवारबाटै कार्यालय सञ्चालनमा ल्याइएको उहाँले बताउँनुभयो ।

twwww‘यस्तो विषम अवस्थामा सहयोग र सहानुभूति दर्शाउने सबै शुभचिन्तकहरुप्रति हामी आभार छौं’,शर्माले भन्नुभयो ।

tw

Comments