काठमाडौ । मंगलबार दिउँसो  प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति मोक्तुमबिच दुइपक्षीय हित र आपसी सम्बन्धबारे कुराकानी भएको थियो। भेटमा प्रधानमन्त्रीले युएईको जेलमा रहेका नेपाली कामदार अमरबहादुर बमलाई आममाफीसहित नेपाल पठाउने व्यवस्था गर्न उपराष्ट्रपति समक्ष विशेष आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्रीको आग्रहपछि उपराष्ट्रपति मोक्तुमले आफूले तत्कालै राजदूतलाई बोलाएर यसबारे प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्रीले जलविद्युत्का क्षेत्रमा लगानी गर्न उपराष्ट्रपति मोक्तुमको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्रीले युएईमा कार्यरत नेपाली कामदारले भोगेका समस्या र युएई सरकारसँग गरेका अपेक्षाबारे उपराष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको थियो ।

Comments

comments