काठमाडौ। क्रिष्टल प्यालेस र बर्नली एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको तेस्रो चरणको रिप्लेमा बोल्टनलाइए २–१ ले हराउँदै क्रिष्टल प्यालेसले अघिल्लो चरणमा स्थान बनाएको हो ।

यसअघि भएको खेलमा बराबरी भएपछि क्रिष्टल प्यालेस र बोल्टनले रिप्ले खेलेका हुन् । प्यालेसको जितमा दुवै गोल क्रिष्टियन बेन्टेकले गरे । बोल्टनका लागि हेनरीले एक गोल फर्काए ।

राति नै भएको तेस्रो चरणको रिप्लेमा सन्डरल्याण्डलाई २–० ले हराएको बर्नलीले पनि चौथो चरणमा स्थान पक्का गरेको छ ।

बर्नलीलाई जिताउन साम वोक्स र एन्ड्रे ग्रेले गोल गरे । यस्तै राति नै भएका अरु खेलमा जित निकाल्दै सुट्टन युनाइटेड, ब्ल्याकपुल, ब्रिस्टोल सिटी र लिङकन सिटी पनि चौथो चरणमा पुगेका छन् ।

Comments

comments