काठमाडौ । अष्ट्रेलियाका कलाकारले नेपालका भूकम्प पिडीतहरुको लागि सहयोग गरेका छन् ।अष्ट्रेलियाका कलाकार फेद्रिच ग्रिएफले २० लाख बराबरको खाना तथा लत्ताकपडा वितरण गरेका हुन् ।

उनले १८ जना शेर्पाको सहयोगमा सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, ओखलढुंगा, रामेछाप र दोलखाका भूकम्प पिडितहरुलाई सहयोग गरेका छन् । उनले सो सहयोग रकम अष्ट्रेलियामा विभिन्न कार्यक्रमहरु गरि संकलन गरेको बताएका छन् ।

ग्रिएफ़ले आफ्नो कलाकारिताको माध्यमबाट समाजसेवा गर्न चाहेको बताएका छन् । उनका अनुसार २०१७ मा नेपालीको लागि थप सहयोग लिएर आउनेछन् ।ग्रिएफ़ले आफूले गरेको लत्ता कपडा तथा खाना वितरणले केही मात्रामा भएपनि भूकम्प पिडितहरुको लागि सहयोग गर्न पाएकोमा खुशी मिलेको बताएका छन्।

Comments