मेलबर्न । अष्ट्रेलिया,जापान र कोरिया आउने नेपालीहरुले अब आफ्नै देशको राष्ट्रिय ध्वजावाहक विमान चढेर आउन पाउने लगभग पक्का भएको छ ।

नेपाल वायु सेवा निगमले ठूला जहाज किन्ने निश्चित भएपछि यी गन्तव्यहरुमा निगमको जहाजबाट यात्रा गर्न पाउने भएको हो । निगमले यसअघि नै नयाँ जहाजबाट अष्ट्रेलिया,जापान र कोरियामा उडान शुरु गर्ने योजना बनाएको थियो । २६० सिट क्षमताको एयरवस ३३०–२०० सिरिजको वाईड बडी जहाज खरिद सम्झौताका लागि निगमको टोली चीन पुगिसकेको छ । वैशाखभित्रै नयाँ जहाज आइसक्ने निगम स्रोतको भनाई छ ।

निगमले अष्ट्रेलियासँग सीधा उडान सेवा गर्ने गरि हवाई सम्झौता अघि बढाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments