विश्व फुटबलको नियमनकारी निकाय फिफाको बरियताक्रममा नेपाल दुई स्थान तल झर्दै १ सय ६६ औँ स्थानमा आईपुगेको छ ।

फिफाले आज सार्वजनिक गरेको बरियता क्रममा नेपाल १ सय ६६ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १ सय ६४ औं स्थानमा थियो । सागमा आवद्ध देशहरुमध्ये शीर्ष स्थानमा रहेको अफगानिस्तान १ सय २९ औं स्थानमा यथावत छ । यस्तै माल्दिभ्स १ सय ४५ औं स्थानमा छ भने भारत एक स्थानमाथि उक्लिदै १ सय ५० औं उक्लिएको छ ।

यसैगरी सात स्थान तल झरेको बंगलादेश १ सय ७० औं स्थानमा पुगेको छ भने श्रीलंका १ सय ७८ औं स्थानमा यथावत छ । एक स्थान माथि उक्लिएको पाकिस्तान  १ सय ६४ औं नम्बरमा छ । भुटान २ सय ८ औं स्थानमा कायमै छ । फिफा बरियता विश्वकप विजेता जर्मनी शीर्ष स्थानमा छ भने अर्जेन्टिना दोस्रो, नेदरल्याण्डस तेस्रो, कोलम्बिया चौथो र बेल्जियम  पाँचा स्थानमा रहेको छ ।

Comments

comments