काठमाडौं  । राजधानीको सुन्धारामा रहेको ऐतिकासिक धरहरा अघिल्लो बर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कौतुहलता छ । अघिल्लो सरकारले अघि सारेको म बनाउँछु धरहरा अभियानमा हजारौं नेपालीले करोडौं सहयोग गरे ।
किनकि सरकारले अर्को महिनाबाट धरहरा पुननिर्माण सुरु गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा आईतबार बसेको प्रधानमन्त्री कार्यालय, पुननिर्माण प्राधिकरण, पुरातत्व विभाग, सञ्चार मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत सरोकारवाला निकायका सचिवस्तरीय बैठकले फागुन १५ गते भित्र धरहराको पुननिर्माण कार्य थाल्ने निर्णय गरेको हो ।
धरहरा पुननिर्माणको जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय छलफलले गरेको छ ।
अब बन्ने धरहरा ११ तला र उचाइ पहिलेजत्तिकै २ सय ४५ फिट राखिनेछ । अपांगता भएका, बालबालिका बालबालिका र वृद्धवृद्धालाई ध्यानमा राखी दुइवटा लिफ्ट राखिनेछ । थपिएका दुइ तलामा भूमिगत पार्किङ र म्युजियम राखिनेछ ।

Comments

comments