काठमाडौं । बर्सेनि हराएका महिलाको संख्या बढेको बढ्यै छ । प्रहरी तथा महिलाको क्षेत्रमा काम गर्ने संस्थाहरुको तथ्यांक अनुसार त्यस्ता हराएका महिलाको संख्या बर्सेनि बढ्ने क्रममा रहेको छ ।

माइती नेपालका अनुसार सन् २०१६ मा पूर्वबाट हराउने महिलाको संख्या १ सय ५४ छ । उक्त संख्यामा हराएका महिलाको खोजी गरिदिन भनेर माइती नेपाललाई आग्रह गरेको संख्या मात्र हो ।

हराएका तर उजुरी नगरेको संख्या पनि उल्लेख्य हुन सक्ने माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत गोविन्द घिमिरेले बताए । सुरुमा महिलालाई भारत लगेर विभिन्न ठाउँमा बेच्ने परिपाटी रहँदै आएकोमा अहिले काँकडभिट्ट नाका हुदै भारत लगेर खाडी तथा अन्य मुलुकमा बेच्ने परिपाटी बढेका कारण महिला हराउने क्रम बढेको घिमिरेले बताए ।

Comments