काठमाडौं ।  पूर्व राजा शाह पहिलो पटक राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको छ। राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुशुमको विवाहको निम्तो मान्न शितल निवास पुग्नुभएका पूर्व राजा ज्ञानेन्द्र औपचारिकता पूरा गरि २० मिनेटमै फर्कनुभएको हो ।

राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुशुमको पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेषसँग भएको विवाहको निम्तो मान्न उहाँ सोमबार मध्यान्ह शीतल निवास पुग्नुभएको हो । बा ४ च ३८०७ नम्बरको हरियो रंगको टोयोटा गाडीको पछिल्लो सिटमा बसेर पूर्वराजा शाह शितल निवासमा प्रवेश गर्नुभएको थियो ।

वर वधुलाई आशिर्वाद दिएर उहाँ २० मिनेटमै शितल निवासबाट बाहिरिनुभएको स्रोतले बतायो । शितलनिवासमा रहँदा पूर्वराजा शाहले राप्रपाका नेताहरु कमल थापा,लोकेन्द्रबहादुर चन्द,पशुपतिशम्शेर जवरा,गणेश थापा र पूर्व प्रधान सेनापति प्याराजंग थापा लगायतसँग एकै टेबुलमा बसेर चिया पिउनुभएको थियो।

५० वर्ष अगाडि पूर्व राजा ज्ञानेन्द्र र पूर्व महारानी कोमल शाहको स्वयम्भर पनि शितल निवासमै भएको थियो । पूर्व पञ्चहरुसँगको कुराकानीमा पूर्व राजा शाहले ५० वर्ष अघि आफू दुलाहा भएर आएको क्षणको सम्झना सुनाउँनुभएको स्रोतले बतायो ।

Please follow and like us:

Comments