मेलबर्न । अध्ययनकै लागि अष्ट्रेलिया आएकी आकांक्षा तामाङ अहिले मेलबर्न फेडेरेशन विश्वविद्यालयमा अध्ययन गर्दैछिन् । उनको अनुभवमा अष्ट्रेलियामा विद्यार्थीहरुका लागि करियरको अवसर छ । नेपालमा बसेर सोचेको र यहाँ आएर भोगेको अष्ट्रेलियामा निकै अन्तर रहेको बताउँने आकांक्षा भनिछन्–अष्ट्रेलियाले आत्मनिर्भर बनायो । प्रस्तुत छ उनीसँग गरिएको रमाइलो कुराकानी यो स्टुडेन्ट टल्कमा ।

तपाई अहिले कहाँ पढ्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको मेलबर्नमा रहेको फेडेरेशन विश्वविद्यालयमा ।

कुन विषय पढ्दै हुनुहुन्छ ?

म स्नातक तहमा सूचना प्रविधि (आइ.टी) विषय पढ्दैछु ।

आफैंले रोज्नुभएको विषय कि परिवारले ?

आफैले रोजेको विषय हो ।

विद्यार्थी जीवन किन रमाइलो ?

विद्यार्थी जीवनमा हामीले धेरै साथीहरु बनाउन सक्छौं । रमाइलो गर्न सक्छौं, कुनै विशेष दायित्व हामी माथि नआइसक्ने हुनाले जीवनको यो क्षणमा हामी धेरै खुशी रहन सक्छौं ।

कतिखेर विद्यार्थी जीवन नरमाइलो लाग्छ ?

मलाई चाहिं धेरै गृहकार्य र आइरहने परीक्षाहरुले गर्दा विद्यार्थी जीवन नरमाईलो लाग्छ ।

विद्यार्थी जीवनमा लभ गर्नु ठीक हो ?

माया कुनबेला, कोसंग बस्छ भन्ने थाहा हुँदैन । त्यसैले विद्यार्थी जीवनमा मायामा पर्नुलाई म बेठीक भन्दिनँ ।

लभ लेटर मीठो कि कलेजको लेक्चर ?

आजकल लेक्चर मनपर्ने मान्छे नि भेट्न गाह्रो छ । लभ लेटर लेख्ने मान्छे नि भेट्न गाह्रो ! त्यसैले कुन मिठो, कुन खै ! थाहा नै भएन । हाहाहा…….

कक्षामा कतिखेर निन्द्र लाग्छ ?

कक्षामा त म धेरैजसो निदाइरखेको हुन्छु । साथीहरुसंग गफ गर्न पाए मात्र निन्द्रा लाग्दैन । हाहा….

कक्षामै निदाउँदा देखेको कुनै सपना ?

सपना त कति देखें देखें ! तर सम्झिरखेको त्यस्तो कुनै सपना छैन ।

अष्ट्रेलियामा आएर के सिक्नुभयो ?

अष्ट्रेलियाले मलाई संघर्ष के हो भन्नेकुरा बुझायो । म यहाँ आएर आत्मनिर्भर हुन सिकें । अष्ट्रेलियाले मलाई जिन्दगीका धेरै व्यवहारिक पक्षहरु सिकायो ।

अष्ट्रेलियाको सकरात्मक पक्ष के पाउनुभयो ?

यहाँ कोही कसैको भरमा बाँचेको हुँदैन । जो कोहि संघर्ष गरिरहेको भेटिन्छन् । मानिसहरु आत्मनिर्भर हुन्छन् ।

नकरात्मक पक्ष नि ?

मानिसहरु यहाँ स्वार्थी हुन्छन् । सायद आ–आफ्नो संघर्षमा व्यस्त हुनेभएर पनि होला ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-ausनेपालमा बसेर कल्पना गरेको अष्ट्रेलिया र यहाँ आएपछि के फरक पाउँनुभयो ?

नेपालमा हुँदा, अष्ट्रेलियामा रहेकाहरुले फेसबुकमा फोटोहरु राखेको देख्दा लोभ लाग्थ्यो । म कहिले जान पाउँछु होला भन्ने हतार हुन्थ्यो । आफ्नै कमाइ हुन्छ, त्यति राम्रो ठाउँमा बस्न पाइन्छ, कति रमाइलो हुन्छ होला जिन्दगी भन्ने लाग्थ्यो ।
तर यहाँ आएपछि थाहा भयो, काम गर्न, पैसा कमाउन कति दुख हुँदोरहेछ भनेर । मैले नेपालमा हुँदा सोच्दै नसोचेको संघर्षबारे यहाँ आएर बुझें ।

अष्ट्रेलिया आउन चाहनेहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

संघर्ष जीवनको पाटो हो । सकेसम्म नेपालमै पढ्नुहोस् , संघर्ष गर्नुहोस् भन्छु म त । यदि यहाँ आउन नै चाहनुहुन्छ भने पनि दुख संग सामना गर्ने आत्मविश्वास लिएर आउनुहोस् । अष्ट्रेलियामा संघर्ष पनि छ र सुन्दर जीवन पनि ।

Comments

comments