मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायमा लोकप्रिय र प्रतिष्ठित क्रिकेट प्रतियोगिता न्याभ कप टुर्नामेन्ट यसपटक पनि हुने भएको छ ।

विगत एक दशकभन्दा लामो समयदेखि हुँदै आएको न्याभ कप टुर्नामेन्टको नयाँ संस्करण यही जनवरी २२ देखि शुरु हुँदैछ ।

टुर्नामेन्टका सबै खेलहरु टि डब्लु ब्लेक पार्कमा हुनेछन् । टुर्नामेन्टमा सहभागीता जनाउन इच्छुक क्लबहरुको दर्ता प्रक्रिया जारी रहेको आयोजकले जनाएको छ ।

यसैबीच प्रतियोगितामा सहभागी क्लब र खेलाडीहरुले पालना गर्नुपर्ने प्रतियोगिताका निश्चित नियमहरु सार्वजनिक गरिएको छ ।

आयोजक नेप्लीज एशोसियन अफ भिक्टोरियाले जारी गरेको विज्ञप्तिमा यस टुर्नामेन्टमा भाग लिन चाहने प्रत्येक टीमको क्याप्टेनले आफ्नो टीमको जिम्मेवारी लिंदै खेलका निश्चित नियमहरुलाई पालन गर्ने र गराउनुपर्ने उल्लेख छ ।

प्रतियोगिताका लागि स्कोर सिट आयोजकले नै उपलब्ध गराइनेछ । तर स्कोर सिटको सुरक्षा भने क्याप्टेनले गर्नेछन् । प्रतियोगितामा रंगिन जर्सिलाई अनिवार्य मानिएको छ ।

न्याभ कप टुर्नामेन्ट आइसीसी २०–२० खेलको नियम अनुसार हुनेछ । खेलमा अम्पायरको निर्णयलाई अन्तिम मानिनेछ ।
खेल विहान ९ : ४० बजेको टससंगै ९ः ५५ बजेदेखि सुरु हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-ausआइतबारको मौसम तापक्रम अनुसार खेलको तालिकाबारे अम्पायरले निर्णय गर्नेछन् । यदि तापक्रम बढेमा ब्रेक बढ्नेछ भने पानी पर्ने सम्भावना रहेमा बिहान ७ बजे सूचना दिइनेछ ।

खेलमा धुम्रपान, मध्यपान लगायत कुनै पनि प्रकारको हिंसालाई छुट दिईनेछैन । प्राथमिक उपचारको व्यवस्था गरिएको छ । खाना सस्तो दरमा कार्यक्रम स्थलमा नै उपलब्ध हुने आयोजकले जनाएको छ ।

Comments

comments