मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायबीच क्रिकेट खेल निकै लोकप्रिय रहँदै आएको छ । यहाँ खोलिएका क्रिकेट क्लबहरु र बेला बेलामा भैरहने प्रतियोगिता,मैत्रीपूर्ण खेलले यसको पुष्टि गर्दछ ।

यसैबीच आइतवार यहाँका दुई प्रतिष्ठित क्लबहरु नेपालय र जिसीसीएमबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । टिडब्लु ब्लेक पार्कमा टस जितेर पहिले ब्याटिङ रोजेको जिसीसीएमले १३९ रन जोड्यो । उसका लागि प्रेमराज उप्रेती एक्लैले ८० रनको योगदान गरे । १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको नेपालयले मात्र १२७ रन जोडेपछि जिसीसीएम १२ रनले विजयी बन्यो ।

nepalayaप्रेमराज उप्रेती म्यान अफ द म्याच घोषित भए । यही जनवरी २२ देखि शुरु हुने भिक्टोरियाकै सर्वाधिक प्रतिष्ठित न्याभ कप टुर्नामेन्टका लागि वार्मअप स्वरुप मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो ।

re you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments