काठमान्डौ । सामान्य बिषयमा लापरवाही गर्दै आएका तपाईंहामी अब भने जिम्मेवार र सजग बन्नुपर्नेछ, नत्र दण्डको भागीदार हुनुपर्ने छ ।

– पैदल यात्रुले तोकिएको स्थानबाट मात्र बाटो काट्नुपर्छ ।

– साइकलका लागि बनाइएको सडकमा साइकल गुडाउनुपर्छ ।

–  सडकमा जथाभावी चौपाया छाड्नुहुदैन ।

– सडकमा बिस्कुन सुकाउने स्थान बनाउन पाइँदैन ।

सवारी साधनलाई निषेधित क्षेत्रमा पार्किङ गर्दा दुर्घटना भएर जथाभावी सडक अबरुद्ध र तोडफोड गरे क्षतिपूर्ति दिनुपर्ने छ । यस्तै सवारीसाधान र सडकको अवस्थाका कारण दुर्घटना भए सवारीधनि र सडक निर्माण गर्ने निकाय सजायका भागीदार हुनेछन् ।

सरकारले पैदल यात्रुसमेतलाई दुर्घटनामा दोषी देखिए कारवाहीको व्यवस्थासहितको सडक सुरक्षा ऐन ल्याउने तयारी गरेको छ ।

Comments