मेलबर्न ।  बिदेशमा रहेर पनि मातृभूमिको लागि केहि गरौ भन्ने जोश र जाँगर बोकेका नेपाली युवाहरुले अष्ट्रेलियाका विभिन्न राज्यहरुमा नेपालको प्रवद्र्धन गर्ने अभियान जारी राखेका छन् ।

अष्ट्रेलियामै रहेका नेपाली युवाहरुले यो अभियान अन्तर्गत नेपाललाई चिनाउन विभिन्न निजी तथा सार्वजनिक सवारी साधानहरुमा नेपाल सम्बन्धी स्टीकरहरु टाँस्दै आएका छन् । यसका साथै उनीहरुले दुईपटक कार र्यालीको समेत आयोजना गरेका थिए ।

नेपाली युथ फोरम अष्ट्रेलिया(नाईफा) र जयनेपाल समूह लगायतका युवा अभियान्तहरुले सिड्नीबाट शुरु भएको यो अभियान विभिन्न राज्यहरुमा पनि सञ्चालन हुने भएको छ । यो अभियान अन्तर्गत सिड्नीमा गुड्ने १० सार्वजनिक बसहरुमा पनि नेपाल सम्बन्धी स्टीकर टाँसिएको अभियान्त विष्णु नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार ती स्टीकरहरु एक महिनासम्म रहनेछ ।

यसैबीच भिजिट नेपाल भन्दै नेपालको प्रवद्र्धन गर्न आफ्नो सवारीको पछाडि शिशामा स्टीकर टाँस्ने अभियान अष्ट्रेलियाको मेलबर्नका नेपाली समुदायले पनि शुरु गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments