काठमाण्डौ । विभिन्न विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई पुनर्निर्माणमा खटाइने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बिहीबार बसेको बैठकले माघ २१ गतेदेखि फागुन २० गतेसम्म पुनर्निर्माणको काममा खटाइने भएको हो ।

यसका लगि प्राधिकरणले प्रधानमन्त्रीसँग आग्रह गर्ने निर्णय गरेको छ । अहिले करिब २५ सय इन्जिनियर तथा प्राविधिक पुनर्निर्माणको काममा खटिएका छन् । बैठकले विभिन्न जिल्लाबाट प्राप्त भएका गुनासोको समाधानका लागि यस्तो निर्णय गरेको प्राधिकरणका सहप्रवक्ता डाक्टर भीष्मराज भुसालले जानकारी दिए ।

प्राधिकरण अन्तर्गत रहेको केन्द्रीय गुनासो सुनुवई समितिको बिहीबारको निर्णयअनुसार लाभग्राहीमा पर्ने गुनासाहरु १८ हजार पाँच सय, गैरलाभग्राहीमा पर्ने १७ हजार ६ सय ५४ र फिल्ड भेरिफिकेसन गर्नु पर्ने ३ हजार ४ सय ३२ गुनासा रहेका छन् ।

Please follow and like us:

Comments