15996291_10210618037509314_1991754721_n (1)

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा ‘धुर्मुस सुन्तली साँझ’ हुने भएको छ ।

कलाकारिताबाट धुर्मुस र सुन्तली भनेर चिनिएका सिताराम कट्टेल र कुञ्जना घिमिरे हाल समाजसेवामा क्रियाशील छन् । यो जोडी भूकम्प पिडितको लागि एकीकृत नमुना बस्ती निर्माण गरि, हाल मुसहर बस्तीको निर्माणमा जुटेका छन् ।

समाजसेवी नमुना जोडी सिताराम कट्टेल (धुर्मुस) एवम् कुञ्जना धिमिरे (सुन्तली) को सम्मान स्वरुप हुन लागेको ‘धुर्मुस सुन्तली साँझ’ धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ ‘सहास’ ले आयोजना गरेको हो । सो कार्यक्रम ८५९ हाइ सेन्ट थोर्नबरीमा रहेको थोर्नबरी थिएटरमा हुनेछ ।कार्यक्रम यहि २९ जनवरी २०१७, आइतबारका दिन, साँझ ६ बजेदेखी सुरु हुनेछ ।

धुर्मुस सुन्तली संगै, कार्यक्रममा नृत्यद्वारा पहिचान बनाउन सफल “द नेक्स्ट” र नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक भरत सिटौलाको प्रस्तुती रहनेछ । उक्त कार्यक्रममा धुर्मुस सुन्तलीद्वारा निर्मित गिरान्चौर एकीकृत नमुना बस्तिको परिचर्चा पनि रहने आयोजकले बताए ।कार्यक्रमको टिकट दर $२० रहेको छ ।

Comments

comments