मेलबर्न । नवलपरासीको गैंडाकोट घर भएका अर्जुन सापकोटा अहिले मेलबर्नको विश्वविद्यालयमा व्यवस्थापन विषय अध्ययन गर्दैछन् । अध्ययनकै लागि अष्ट्रेलिया आएका उनको अनुभवमा अष्ट्रेलियामा विद्यार्थीहरुका लागि विश्वस्तरीय डिग्री र करियरको अवसर दुवैछ । नेपालमा बसेर सोचेको र यहाँ आएर भोगेको अष्ट्रेलियामा निकै अन्तर रहेको बताउँने सापकोटा भन्छन्–अष्ट्रेलियाले स्वाबलम्बी बनायो । ठूलो कुरा आफ्नो खुट्टामा उभिन सिकायो । प्रस्तुत छ उनीसँग गरिएको रमाइलो कुराकानी यो स्टुडेन्ट टल्कमा ।

तपाईको घर कहाँ हो ?

मेरो घर गैंडाकोट–७ नवलपरासी हो ।

अहिले कहाँ पढ्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको मेलबर्नमा रहेको ’युनिभर्सिटी अफ द सनसाइन कोस्ट’ विश्वविद्यालयमा ।

कुन विषय पढ्दै हुनुहुन्छ ?

म स्नातक तहमा व्यवस्थापन विषय पढ्दैछु ।

आफैंले रोज्नुभएको विषय कि परिवारले ?

आफैले रोजेको विषय हो । म पढाईको विषयमा मेरो दाइसंग सल्लाह लिएर आफै निर्णय लिने गर्छु ।

विद्यार्थी जीवन किन रमाइलो ?

नेपालमा रहँदाको विद्यार्थी जीवनमा, पढाई बाहेक आफूले निर्वाह गर्नुपर्ने कुनै उत्तरदायित्व हुँदैनथे । त्यसैले विद्यार्थी जीवन धेरै रमाईलो लाग्थ्यो तर अहिलेको विद्यार्थी जीवन उति रमाईलो लाग्दैन ।

कतिखेर विद्यार्थी जीवन नरमाइलो लाग्छ ?

काम, समय र पैसाको व्यवस्थापन आफैले गर्नुपर्ने हुँदा मलाई अहिलेको विद्यार्थी जीवन नरमाईलो लाग्छ ।

विद्यार्थी जीवनमा लभ गर्नु ठीक हो ?

आफ्नो दायराभित्र रहेर, विद्यार्थी जीवनमा लभ गर्नुलाई बेठिक भन्दिनँ म । तर आफ्नो व्यक्तिगत अनुभव चाहिं छैन है !

लभ लेटर मीठो कि कलेजको लेक्चर ?

कुरो बुझ्दा त लभ लेटर नै मिठो होला ! मन परेको मान्छेले पठाएको लेटर सुटुक्क लुकाएर पढ्नुको को मज्जै बेग्लै ! हाहाहा ….

कक्षामा कतिखेर निन्द्र लाग्छ ?

बेन्चमा एक्लै परेको बेला र बोरिङ्ग लेक्चर चल्यो भने निन्द्रा लाग्छ ।

कक्षामै निदाउँदा देखेको कुनै सपना ?

सपना नै देख्ने गरि त निदाएको छैन । बरु बोरिङ्ग लेक्चर चलेको बेला, म मोबाइलमा फेसबुक चलाउने या त गेम खेल्ने गर्छु ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-ausअष्ट्रेलियामा आएर के सिक्नुभयो ?

दुखको सामना गर्न सिकें । यहाँ आएपछि म यहाँको भोगाइले भावुक बन्न सिकें । नेपालमा रहँदा कुनै दायित्व निर्वाह नगर्ने म, यहाँ आएर व्यवहारिक हुन सिकें । अष्ट्रेलियाले मलाई स्वाबलम्बी बनाएको छ ।

अष्ट्रेलियाको सकरात्मक पक्ष के पाउनुभयो ?

समयको र पैसाको महत्व चिनेर मेहनत गर्ने हो भने अष्ट्रेलियाले राम्रो भविष्य दिन सक्छ । यहाँ करियर बनाउने राम्रो अवसर छ ।

नकरात्मक पक्ष नि ?

काम र पढाईको लागि समय व्यवस्थापन गर्न गाह्रो हुन्छ । युनिभर्सिटीमा समयमै पैसा बुझाउनुपर्ने हुन्छ, घरप्रतिको आफ्नो दायित्व पनि पूरा गर्नैपर्यो । त्यसैले जिम्मेवारीले थिचिइन्छ ।

नेपालमा बसेर कल्पना गरेको अष्ट्रेलिया र यहाँ आएपछि के फरक पाउँनुभयो ?

नेपालमा बसेर सोचेको र अहिले यहाँ आएर देखेको अष्ट्रेलियामा कत्ति हो कत्ति फरक पाइन्छ । नेपालमा रहँदा, अष्ट्रेलियामा पैसा त रुखमा नै फल्छ झैं लाग्थ्यो,

के गाह्रो होला र काम गर्दै पढ्न जस्तो लाग्थ्यो । सानोतिनो कलेज के पढ्नु भनेर युनिभर्सिटीमा एप्लाई गरेर आइयो । यहाँ आएपछि बुझियो, काम र पढाईको लागि समय मिलाउदाको दुख । युनिभर्सिटीलाई समयमै फी बुझाउनुपर्छ, आफूसंग नभए सापटी गरेरै भएपनि ।

अष्ट्रेलिया आउन चाहनेहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

यहाँको परिवेश, आफ्नो भिसा सुविधाको बारेमा बुझ्नुहोस् । सकेसम्म सस्तो कलेज रोज्नुहोस । आफ्नो खुट्टामा आफै उभिने र नयाँ परिवेशमा बाँच्न सक्ने हिम्मत लिएर आउनुहोस् ।

Comments

comments