नेकपा एमालेको केन्द्रीय समिति वैठक आज बस्दैछ ।

आजदेखि बैठकमा नवौँ महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्तावका विषयमा छलफल हुनेछ । हिजो बैठक स्थगन गरि ती प्रस्ताव केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको थियो ।

सदस्यहरुले अध्ययन गरेपछि आज त्यस विषयमा छलफल हुने एमालेले जनाएको छ । एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार आज बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिन  केन्द्रीय सदस्यबाट सुझाव लिने लिइनेछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय बल्खुमा बस्नेछ ।

हिजो पदाधिकारी बैठक बसेर पार्टीको  संगठनात्मक संरचना, विधान लगायतका विषयमा छलफल भएको थियो । यसैबीच संघीय समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष विजयसुब्बा सहितका केही नेताहरु आज एमालेमै फर्किने हुनुभएको छ ।

Please follow and like us:

Comments