नेपाल खानेपानी संस्थानको रिक्त अध्यक्ष पदमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको बलमा उनकै आफ्नै  बहिनी ज्वाइँ परमेश्वर पौडेललाई खानेपानीको अध्यक्षमा  सिफारिस गरिएको बुझिएको छ |   कास्कीको पोखरा घर भएका पोखरेल अहिले सडक डिभिजन कार्यालयका विभिन्न निर्माणसम्बन्धी ठेक्कापट्टाका काम गरिरहेका  पोखरेलसँग खानेपानी र व्यवस्थापकीय ज्ञानसमेत छैन ।

आफ्ना बहिनी ज्वाइँ पोखरेललाई खानेपानी संस्थानको अध्यक्षमा नियुक्ति दिलाउन उपसभापति पौडेलले सहरी विकासमन्त्री डा. नारायण खड्कालाई पटक पटक दबाब दिँदै आएका थिए । पौडेलेका दबाब थेग्न नसकेर मन्त्री खड्काले पेटी ठेकेदार पोखरेलेको नाम खानेपानी संस्थानको अध्यक्षका लागि सिफारिस गरेको खबर आजको राजधानीले छापेको छ |  राजनीतिक नियुक्ति सिफारिस समितिमासत्ता साझेदार  कांग्रेसबाट सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल, एमालेबाट पर्यटनमन्त्री भीम आचार्य पनि छन् । राजनीतिक नियुक्ति सिफारिस समितिमा पोखरेलेका नाम पुगेपछि उनलाई बिहीबार खानेपानी संस्थानको अध्यक्ष बनाइनेलगभग पक्का पक्कि भएको छ |

Comments

comments