एजेन्सी । अन्तिम समयमा ओलिभर जिरउड चम्कदा आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

तेस्रो चरण अन्तर्गत शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब प्रिस्टनलाई २–१ ले हराउँदै आर्सनल अघिल्लो चरण पुगेको हो । आर्सनलको जितमा अन्तिम समयमा जिरउडले गरेको गोल महत्वपूर्ण बन्यो । सातौं मिनेटमा रोबिनसनले गोल गर्दै प्रिस्टनलाई सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको आर्सनलका लागि दोस्रो हाफको सुरुमा नै आरोन रामसीले बराबरी गोल फर्काए ।

यो खेलका लागि कप्तान बनेका जिरउडले ८९ औं मिनेटमा गोल गर्दै आर्सनललाई जित दिलाए । आर्सेन वेङ्गरले आर्सनलको प्रशिक्षकको रुपमा एफए कपमा २१ औं वर्ष टिमको नेतृत्व सम्हालेका छन् । यो अवधिमा एफए कपको तेस्रो चरणमा अहिलेसम्म आर्सनल पराजित भएको छैन ।

यस्तै राति नै भएको खेलमा एभर्टनलाई २–१ ले हराएर लिसेस्टर सिटी तथा स्वान्सीलाई २–० ले हराएर हल सिटीले पनि चौथो चरणमा स्थान पक्का गरेका छन् । त्यसअघि भएको खेलमा म्यानचेस्टर युनाइटेडले रिडिङलाई ४–० ले हराएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments