सुनसरी । सन्तुलित आहारले मानिसको जीवन नै परिवर्तन गर्ने गर्दछ । त्यसमा पनि पौष्टिक खानाले स्वास्थ्यका लागि लाभदायक मात्र नभई शारीरिक, मानसिक रुपमा स्वस्थ रहन मद्धत पुग्दछ । यसैलाई मध्यनजर गरी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण (न्युट्रिसन) विषय अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालय स्तरदेखि पोषण तत्वको जानकारी गराउने उद्देश्यले विद्यालयमा गएर सचेतनामुलक अभियान सुरु गरेका छन् ।

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा न्युट्रिसन विषयमा अध्ययनरत विद्यार्थीहरुको साझा संस्थाको रुपमा रहेको नेपाल पोषण तथा आहारविहार विद्यार्थी समाजले खानपानको विषयमा जानकारी गराउने उद्देश्यले विद्यालयमा सचेतना अभियान सुरु गरेका छन् । मेरो स्वास्थ्य मेरो अधिकार भन्ने मुल नाराका साथ सुरु गरिएको सचेतनामुलक अभियान अन्तर्गत विद्यार्थीहरुले इटहरीको कस्तुरी उच्च मावि, इटहरी नगरपालिकाकै आपगाछीको राष्ट्रिय उच्च मा.वि., धरान १४को दन्तकाली मा.वि. धरान मोडल स्कुल र पब्लिक उच्च माविमा अध्ययनरत विद्यार्थीहरुलाई खानपान कसरी गर्ने र कस्तो खान कति खाने भन्ने विषयमा जानकारी गराइसकेको नेपाल पोषण तथा आहारविहार विद्यार्थी समाजका अध्यक्ष उत्सव ढकालले जानकारी दिनुभयो ।

पछिल्लो समयमा निजी विद्यालय भन्दा पनि सामुदायिक विद्यालयका विद्यार्थीहरुले खाना खानभन्दा अगाडि हात धुने बानी नबसालेको, खाजाको रुपमा जंकफुडको रुपमा लिएको पाइएकोले यसका बेफाइदामा सचेत बनाएको समाजका सचिव विवेक उपे्रतीले जानकारी दिनुभयो ।

नेपालमै एक मात्र पोषण विज्ञान पढाइ हुने हात्तीसारका विद्यार्थीहरुको यस कार्यप्रति विद्यालयका शिक्षक, विद्यार्थीहरुले समेत प्रशंसा गरेका छन् ।

क्याम्पसमा अध्यनरत पोषण विज्ञानका करिब ९० जना विद्यार्थीहरुले आफूले जानेका कुरा व्यबहारिक रुपमै प्रयोग गर्न शुरु गर्न थालेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments