काठमाडौं । दिग्गज बलिउड अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान हृदयघातबाट निधन भएको हो ।

बलिउडका भर्सटायल कलाकारका रूपमा चिरपरिचित अभिनेता पुरी व्यवसायिक फिल्म तथा प्यारालल फिल्म दुबैमा आफ्नो बेग्लै अमिट छाप छोड्न सफल थिए ।

पुरीले आफ्नो अभिनय यात्रामा जाने भि दो यारो, मालामाल विक्ली तथा हेराफेरी जस्ता फिल्ममा जबरदरस्त कमिक टाइमिङबाट दर्शकलाई हँसाएका थिए भने ’अर्धसत्य’ जस्तो फिल्मबाट आफू बुलन्द अभिनेता भएको अमिट छाप बलिउडमा पार्न सफल थिए ।

उनले ’हन्ड्रेड फुट जर्नी’ तथा ’इस्ट इज इस्ट’ जस्ता हलिउड फिल्ममा पनि काम गरेका थिए ।

Comments

comments