काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको छ ।

धेरैले रुचाएको लुट फिल्मको सिक्वेलको रुपमा निर्माण भएको ‘लुट २’ को ट्रेलर विहीवार सार्वजनिक गरिएको हो । यो फिल्म सार्वजनिक हुनु अगावै अगावै निकै चर्चामा छ ।

’लुट २’ मा धेरैजसो पुरानै कलाकार दोहोरिएका छन् । यसमा सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडा, सिर्जना सुब्बा, ऋचा शर्मा, विपिन कार्की, एलिसा राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

फागुन १३ मा सार्वजनिक हुने ’लुट २’ निर्माता माधव वाग्ले हुन् भने फिल्मको निर्देशन निश्चल बस्नेतले गरेका छन् । यो फिल्मको ’ठमेल बजार’ बोलको गीत अहिले सामाजिक सञ्चालहरुमा भाइरल भइसकेको छ ।

Please follow and like us:

Comments