काठमाडौं । रातो नम्बरबाट फोन आयो भने मरिन्छ । यो कुरा यतिखेर जताततै चर्चामा छ । जसबाट जोकोही त्रसित बनिरहेका छन् । तर प्रहरीको लामो अनुसन्धानपछि यो हल्ला झुटमा सावित भएको छ ।

रातो नम्बरबाट फोन आउँदा मरिन्छ भन्ने हल्ला भ्रामक रहेको खुलेको छ । रातो नम्बरको हल्लाले जनतामा त्रास फैलिएको सुचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थाल्यो र पुग्यो गायक दीपक बराईली र गायिका प्रास्ना पाण्डेसम्म । हो यी दुईले नै रातो नम्बरबाट मान्छे मरिन्छ भन्ने हल्ला फैलाएका थिए ।
उनीहरुले पत्रकार सम्मेलन मार्फत आफुहरुले यस्तो कार्य गरेको स्वीकार गरि माफी समेत मागिसकेका छन् ।

रातो नम्बर बनाउन मिल्ने र कल समेत गर्न मिल्ने एउटा एप हुन्छ जसबाट रातो फेक नम्बर बनाएर कल सेटिङ मिलाएमा यसरी रातो फेक नम्बरबाट फोन आउँछ ।

यसको रिङटोन पनि फेर्न मिल्छ । जसको दुरुपयोग गरि डरलाग्दा रिङटोन राखि हल्ला फिजाइयो । जसको कारण जनता त्रसित हुन पुगे । सिआइबी प्रमुख नवराज सिलवालले यो प्रविधिबाट सिर्जना गरिएको भ्रम भएकोले आतंकित नहुन सबैलाई आग्रह गर्नुभएको छ ।

प्रविधिको दुरुपयोगबाट भएको सानो गल्तीले धरै मानिसलाई आतंकित पार्न सक्छ । तसर्थ यस्तो त्रसित पार्ने काम नगर्दा नै उचित हुने बुझ्न सबैले आवश्यक छ ।

भारतमा पनि सन् २०१० मा यस्तै किसिमको हल्ला मच्चाइएको थियो ।

Comments