मेलबर्न । अध्यागमन मन्त्री पीटर डटनले अष्ट्रेलियाको मान्यतामा बढ़ावा र सामाजिक संरचनालाई मजबूत बनाउन विदेशी नागरिकहरुसँग लिइने नागरिकता सम्बन्धी जाँचलाई कडा गरिनुपर्ने प्रस्ताव ल्याएका छन् ।

उक्त प्रस्ताव लागू भएमा बर्षेनी दशौं हजार अष्ट्रेलियाको नागरिकता चाहने विदेशीहरु प्रभावित हुनेछन् ।

यस जाँचमा बिस प्रश्नहरु सोधिन्छन् ।। जसमध्येबाट १५ प्रश्न अर्थात पचहत्तर प्रतिशत प्रश्नहरुको उत्तरहरु सही हुनुपर्नेछ ।  अष्ट्रेलियाको राष्ट्रिय झण्डामा कुन कुन रंगहरु हुन्छन् ? एएनजेटएसी डेमा हामीले के कुरालाई सम्झिन्छौ ? जस्ता प्रश्नहरु यस परीक्षामा समावेश हुन्छन् ।
ऊनी चाहन्छन्,नागरिकता प्राप्त गर्दा मानिसहरु गर्वको अनुभव गरुन्,अष्ट्रेलियाको मान्यता र कानूनलाई आत्मसात गर्दै मेहनत गरुन् । साथै उनले अंग्रेजी भाषामा निपूर्णता र बलियो सामाजिक संरचनामा समेत जोड़ दिएका छन् ।

मानिसहरु अष्ट्रेलियाको नागरिकता लिइसकेपछि, आफूलाई सुरक्षित , गौरावान्वित , सकारात्मक र ख़ुशी पाउन सकुन् भन्ने आफूले चाहेको मन्त्री डटनले बताए । यस किसिमको परीक्षाले आतंकवाद , असुरक्षा अष्ट्रेलियामा भित्रिन नपाउने उनले जिकिर गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments