मेलबर्न । नयाँ वर्षको रात अष्ट्रेलियाको सिड्नीस्थित एक नाईट क्लबमा भित्र पस्ने विषयमा भएको विवादमा परी घाइते भएका नेपाली युवा सत्कार अधिकारीको अफन्त सम्पर्कमा आएका छन् ।

उनी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ११ सुकेधारा निवासी नवीन किशोर अधिकारीका छोरा भएको खुलेको हो । बुबा अधिकारीले एनआरएन न्यूसाउथवेल्सका सचिव भुपाल सिटौलालाई सम्पर्क गरी आफ्नो छोराको वास्तविक स्थिति बताइदिन र आवश्यक पर्ने सहयोग गरिदिन आग्रह गरेका हुन् । सत्कार न्यूट्रलबेमा बस्दै आएको पनि खुलेको छ ।

क्यानबेरामा रहेको नेपाली दूतावासले पनि यस विषयमा नजिकबाट संयोजन गरिरहेको छ । कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले नै घाइते सत्कारको विषयमा जानकारी दिनका लागि समूदायसँग आग्रह गर्नुभएको थियो । प्रहरीले आफन्तको खोजी गरेकोले दूतावासले उनको तस्वीर समेत सार्वजनिक गरेको छ ।

घटना के भएको थियो भन्ने विषयमा स्पष्ट विषय बाहिर सार्वजनिक नभए पनि क्लबमा प्रवेश गर्ने विषयमा विवाद भएको र यसैक्रममा धकेलाधकेल हुँदा एक तला मुनी खसेको बताइएको छ । घाइते अधिकारीको सेन्ट भिन्सेन्ट अस्पतालमा उपचार भइरहेको छ । यस घटनालाई हेरिरहेका प्रहरी अधिकारी सियान केन्चका अनुसार टाउकोमा चोट लागेका कारण उनको अपरेशन गरिएको खबर एमएन टिभीले छापेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Please follow and like us:

Comments