काठमाडौं । चौथो साफ च्याम्पियनसिप महिला फुटवलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्न लागेको हो । भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा स्टेडियममा खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ । साफ च्याम्पियनसिपका यसअघिका तीनवटै संस्करणको फाइनल खेलेका नेपाल र भारत यसपटक सेमिफाइनलमै खेल्न लागेका हुन् ।

आइतबार भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल र भारत सेमिफाइनलमै भिड्ने पक्का भएको हो ।नेपाल समूह विजेता र भारत उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिता अन्तर्गत यसअघिका तीनवटै फाइनलमा हारेको नेपाललाई आज सोमबार भारतसँग जित्ने अवसर आएकाले सोमबार नयाँ इतिहास लेखिने नेपालका प्रशिक्षक कुमार थापाको विश्वास छ ।

पहिलोपटक नेपाली टिम सम्हालेका प्रशिक्षक थापाले साफ च्याम्पियनसिप जित्नु प्रशिक्षकका रुपमा आफ्नो पनि सपना रहेको बताए । प्रशिक्षक थापाले नेपालसँग सेमिफाइनलमै भिड्नु भारतका लागि दुर्भाग्य अर्थात ब्याडलक भएको टिप्पणी गरेका छन् ।

Comments

comments