मेलबर्न । नयाँ बर्षको दिन सिड्नीको एक बारमा नेपाली युवाहरुवीच भएको झडपमा गम्भीर घाइते भएका नेपाली युवकको अझै होश खुलेको छैन । उनको अहिले सेन्ट भिन्सेन्ट अस्पतालमा उपचार भैरहेको छ ।

न्यू साउथ वेल्स प्रहरीले जनाएअनुसार बिहान करिव तीन बजेतिर दुई नेपाली युवावीच भएको कुटाकुटमा २१ बषिर्य नेपाली युवा सत्कार अधिकारी गम्भिर घाइते भएका थिए । सेन्ट भिन्सेन्ट अस्पतालमा भर्ना गरिएका अधिकारी अहिलेसम्म पनि बेहोस छन् । उनको रेखदेख गर्ने आफन्त सम्पर्कमा नआएको भन्दै प्रहरीले तत्काल खोजी गरिदिन नेपाली राजदूतावासलाई अनुरोध गरेको छ ।

प्रहरीले राजदूतावासलाई दिएको जानकारी अनुसार बारमा प्रवेश गर्न खोज्दा दुई युवावीच झगडा भएको थियो । दुईजनावीच मुक्का हानाहान हुँदा पिडीत अधिकारी एक तलामाथिबाट सडकमा खसेका थिए । घाइते भएका अधिकारी त्यसपछि

सुरक्षागार्डमाथि नै जाइलागेका थिए । सुरक्षागार्डले नियन्त्रणमा लिएर अस्पताल र्पुयाउँदै गर्दा उनी बेहोस भएका थिए ।

अस्पतालले मस्तिकबाट रगत बग्नुको साथै सुन्निएको पुष्टि गरेको छ । अस्पतालले उनको प्रारम्भिक शल्यक्रिया गरेपनि अबस्था चिन्ताजनक रहेको जनाएको छ ।

अहिलेसम्म अधिकारीका आफन्तहरु सम्पर्कमा नआएको भन्दै सिड्नी प्रहरीले उनको परिवार तथा आफन्तजनलाई खवर गरिदिन दूतावासलाई आग्रह गरेको छ ।

दूतावासलले तत्काल सम्पर्कका लागि तलको ठेगानामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Sian Kench
Detective Senior Constable
Sydney City Detectives
PH: 9265 6465
Fax: 9265 6466
Email: [email protected]

Comments