एजेन्सी । दबंग गर्ल सोनाक्षी सिन्हाको ‘इन्गेजमेन्ट’को खबरले बि–टाउन तातेको छ ।

उनले आगामी २०१७ को फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने खबर छ। खबरअनुसार, सोनाक्षी र उनका कथित प्रेमी बंटी सजदेहबीच इन्गेजमेन्ट हुने भएको हो । सोनाक्षीका परिवारले उनका प्रेमी बंटीलाई मन पराउँदैनन् । बंटी पहिले नै विवाहित रहेकाले सोनाक्षीको परिवारले नस्विकारेको बताइएको छ । सोनाक्षी–बंटीबीच उमेरको निकै भिन्नता पनि रहेको छ ।

पछिल्लो केही महिनादेखि सोनाक्षी र बंटीबीच घनिष्टता बढ्दै गइरहेको छ । उनीहरु धेरै पटक जमघट गरिरहेको देखिन्छ ।

सन् २०१२ देखि सोनाक्षी र बंटी एकअर्कालाई डेट गरिरहेको बताइन्छ । यद्यपी, सोनाक्षी आफैँले बंटीसँगको सम्बन्ध खुलाएकी भने छैनन् ।

Comments

comments