मेलबर्न । अष्ट्रेलियाले सबै मापदण्ड र कागजी प्रक्रिया पूरा गरेका विदेशी नागरिकलाई सम्बन्धित भिसा उपलब्ध गराउँदै आएको छ । त्यही कारण अष्ट्रेलिया विदेशी नागरिकहरुको हब नै बनेको छ । यहाँको मल्टिकल्चररल संरचना त्यसैको उपज हो ।

नेपालीका लागि पनि अष्ट्रेलिया आकर्षक गन्तव्य बनिरहेको छ । विद्यार्थी भिसा मात्र नभई अन्य विभिन्न भिसामा अष्ट्रेलिया आउने नेपाली पनि बढेका छन् ।

तर कहिलेकाहीं अज्ञानतवश वा गलत नियतका कारण केही विदेशीमाथि कडा रुपमा प्रस्तुत हुन अष्ट्रेलिया सरकार बाध्य हुने गरेको छ । विशेष गरि भिसाका शर्तहरु उल्लंघन भएको पाइएमा त्यस्ता व्यक्तिमाथि तुरुन्त कारवाही हुन्छ । एकपटक भिसाका शर्तहरु उल्लंघन भएमा तीन वर्षसम्म अष्ट्रेलिया प्रवेशमा प्रतिवन्ध लाग्छ । अर्थात यस्तो कारवाही भोग्ने व्यक्ति तीन वर्षसम्म जुनसुकै हालतमा पनि पुनः प्रवेश गर्न पाइदैन ।

अष्ट्रेलियामा तीन वर्ष प्रतिबन्ध लाग्ने कारण र अवस्थाहरु यी हुन्

१ आफूलाई दिइएको भिसाको अवधि सकिएको २८ दिनभन्दा बढी अष्ट्रेलियामा बसेमा ।
२ तपाईले अध्यागन विभागले बुझाउँनुभएको कागजात वा विवरण नक्कली भएको प्रमाणित भएर भिसा रद्द भएमा
३ भिसाका शर्तहरु उल्लंघन हुने व्यवहार वा क्रियाकलाप गरेर भिसा रद्द भएमा
४ विद्यार्थी भिसामा आएर भर्ना नगरि बसेको कारण भिसा रद्द भएमा
५ तपाई सक्कली विद्यार्थी वा पर्यटक नभएको पत्ता लागेर भिसा रद्द भएमा ।

यी कारणहरुले अष्ट्रेलियामा तीन वर्ष प्रवेश गर्न नपाउने गरि लगाइएको प्रतिबन्ध जुनसुकै अवस्थामा हटाउन सकिदैन । तर यदि तपाई कुनै अस्थायी भिसा जस्तै विद्यार्थी भिसा,पर्यटक भिसाको लागि आवेदन दिन चाहनुहुन्छ भने त्यो आवेदनको प्रयोजनका लागि मात्र हो भनेर चाहिं यस्तो प्रतिबन्ध हटाउन अनुरोध गर्न सकिन्छ ।

यसको लागि अद्यागमन विभागलाई लिखित रुपमा अनुरोध गर्नुपर्छ । तर यस्तो प्रतिबन्ध त्यति सहज तरिकाबाट भने हट्दैन । कुनै अष्ट्रेलियाको नागरिक वा पीआर भिसा भएका व्यक्तिको हितलाई असर पर्ने र कुनै दया गर्नुपर्ने वा विवश कारण भएमा मात्र यस्तो प्रतिबन्ध हट्न सक्छ । त्यसैले सबैभन्दा बुद्दिमानी सकेसम्म यस्तो कारवाहीबाट बच्न पहिले नै इमानन्दार बन्नुमै हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments