एजेन्सी । चीनको एउटा फुटवल क्लबले रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई २५० मिलियन पाउण्डमा चीन लैजान प्रस्ताव रियलसँग गरेको छ ।

पोर्चुगल खेलाडीका एजेन्ट जर्ज मेन्डेसका अनुसार रोनाल्डोलाई वार्षिक ८५ मिलियन पाउण्ड तलवमा चीन लैजान रियल मड्रिडसँग चिनियाँ क्लबले प्रस्ताव गरेको बिविसीले उल्लेख गरेको छ । उनले चीनको क्लबको नाम नखुलाइ भनेका छन्, चीनको क्लबले ३०० मिलियन युरो रियल मड्रिडलाई दिन जनाएको छ भने रोनाल्डोलाई १०० मिलियन प्रतिवर्ष दिने प्रस्ताव गरेको छ । यस्तो प्रस्ताव आएपछि उनले भने ‘पैसा सबैथोक होइन । स्पेनिस क्लब रियलनै रोनाल्डोको जिन्दगी हो ।’

ठूलो पैसाको प्रसताव आएपछि जर्ज मेन्डसले भने ‘चीन फुटवलको नयाँ बजार हो । तिनीहरु धेरै खेलाडी किन्न चाहान्छन् । तर यो असम्भव छ, रोनाल्डो चीन जाँदैनन् । रोनाल्डो विश्वकै राम्रो खेलाडी हुन्, चीनले यस्तो अफर गर्नु सामान्य हो ।’

Comments