काठमाडौं । चौधरी ग्रुपले युरोपमा पनि वाइवाई चाउचाउको उत्पादन सुरु गर्ने भएको छ । युरोपेली राष्ट्र सर्बियाको रुमा सहरमा वाइवाई प्लान्ट स्थापना अन्तिम चरणमा पुगेको चौधरी ग्रुपले जनाएको छ ।

युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुने र चौधरी युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुनेछ ।

सर्बियाबाट निकट भविष्यमै वाइवाईको व्यावसायिक उत्पादन सुरु हुने ग्रुपले जनाएको छ । त्यहाँबाट उत्पादित चाउचाउ युरोपेली बजारमा वितरण गरिने छ । सर्बियामा स्थापित उद्योगले पहिलो चरणमा करिब चार सयलाई रोजगारी दिनेछ ।

उत्पादन र वितरण सुरु हुँदासम्म १२ सयभन्दा बढीलाई रोजगारी प्रदान गर्ने चौधरी ग्रुपले जनाएको छ । वाइवाई विश्वका ३० मुलुकमा उपलब्ध रहेको ग्रुपको भनाइ छ ।

Comments

comments