मेलबर्न । अमेरिका निवासी गायिका निकी कार्कीसँगको युगल गीत दुनियाँ बेग्लै छबाट निकै चर्चामा आएका अष्ट्रेलिया निवासी गायक समीर आचार्यले अर्को नयाँ गीत र भिडियो सार्वजनिक गरेका छन् ।

यसपटक पनि उनले रोमान्टिक शैलीको गीत नै ल्याएका छन् । राजुबाबु श्रेष्ठको शब्द रहेको बल्ल चाल पाएँ बोलको गीतमा संगीत भने अनिश श्रेष्ठको छ ।

rozalin

बल्ल चाल पाएँ गीतको म्यूजिक भिडियोको छायांकन अष्ट्रेलियामै गरिएको छ । त्यसैले भिडियोमा अष्ट्रेलियाका विभिन्न रमणीय स्थलहरुको साथै नेपाली युवा युवतीको दैनिकी र जीवनशैली हेर्न सकिन्छ । म्यूजिक भिडियोको निर्देशन जीवन रसाइलीले गरेका हुन् । छायाँकन र सम्पदान पनि जीवनकै रहेको छ । रसाइली अष्ट्रेलियामा यतिखेर निकै व्यस्त निर्देशक मानिन्छन् ।

सम्पूर्ण पोष्ट प्रोडक्सन कार्य गोल्डन कङ्गारु फिल्मस्मा सम्पन्न गरिएको गायक समीरको यस म्यूजिक भिडियोमा र्याम्बो अधिकारी र रोजलिन बासुले अनस्क्रिन रोमान्स गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments