-डिआर पराजुली

शिक्षा क्षेत्रमा मास्लोको आवश्यकताको नियम अति नै प्रचलित छ । मास्लोको पिरामिडमा आधारभूत आवश्यकतालाई सबैभन्दा तल्लो तहमा राखिएको छ भने आत्मानुभूतिलाई सबैभन्दा माथिल्लो तहमा राखिएको छ । बीचमा सत्ता र शक्तिलाई राखिएको छ । यसलाई म पौराणिक पात्रहरुसंग दाँज्न चाहन्छु ।

पौराणिक कथामा लक्ष्मी, दुर्गा र सरस्वती देवीको छुट्टै महत्व छ । हामी पनि कति लक्ष्मीको उपासक छौं भने कति दुर्गा र सरस्वतीको छांै । मास्लोले वर्णन गरेका आधारभूत आवश्यकता (गास, बास, कपास आदि) लक्ष्मीको प्रतीक हो । किनकि लक्ष्मी भनेको हामीसंग भएको खजानाको प्रतीक हुन् । मास्लोको पिरामिडको बीचमा भएको सत्ता र शक्ति भनेको दुर्गाको प्रतीक हो । किनकी दुर्गालाई शक्तिको देवी भनिन्छ भने सबै भन्दा उच्चतम तह आत्मानुभूति भनेको सरस्वतीको प्रतीक हो । मास्लोको नियमलाई परिमार्जित रुपमा ब्याख्या गर्दा पिरामिडको सबै भन्दा तल्लो तहमा लक्ष्मी, बीचमा दुर्गा र सबै भन्दा माथिल्लो तहमा सरस्वती हुन्छ तर बिडम्बना हाम्रो देशको सामाजिक संरचनालाई हेर्दा के देखिन्छ भने मानिसको अन्तिम लक्ष्य सरस्वती प्राप्ति हुनु पर्दथ्यो तर सबैको लक्ष्मी प्राप्ति भैरहेको छ ।

piramid

समाजमा सरस्वतीको पुजारीका उपासक हुनुपर्दथ्यो तर समाजले लक्ष्मीका पुजारीको पुजा गर्दछ । सरस्वतीको बास भएकाहरु लक्ष्मी भएकाको चाकरी गर्न बाध्य छन् । जबसम्म ज्ञानी मान्छेको समाजले सम्मान गर्दैन तबसम्म समृद्द समाज प्राय असम्भव छ । तर यसप्रति कसैको ध्यान पुग्न सकेको छैन ।

मेरो आग्रह अब राजनीतिको बागडोर ज्ञानी र ध्यानी मानिसहरुले लिनुपर्छ । र, नेतृत्वको चयनमा नाताबाद्, कृपाबाद होईन, सक्षम मानिसको आगमन हुनुपर्दछ ।

Please follow and like us:

Comments