काठमाडौं । बलिउड अभिनेत्री अभिनेत्री प्रियंका चोपडाले नेपाली फिल्म निर्माण गर्ने घोषणा गरेकी छिन् । चोपडाले आफ्नै होम प्रोडक्शनबाट निर्माण गर्न लागेको फिल्मको नाम पाउवा अर्थात पाहुना राखेकी छिन् ।

सिक्किममा छायांकन गरिने फिल्ममा स्थानीय स्तरका स्रोत साधनको प्रयोग गरेर स्थानीयस्तरकै कलाकारलाई मौका दिइने बताइएको छ । यसबारेमा प्रियंकाकी आमा मधु चोपडाले जानकारी दिएको टाइम्स अफ इण्डियाले जनाएको छ । यो फिल्मको कथा कुनै कारण आमा बुवाबाट टाढिएका बालबालिकाको वरिपरि घुम्नेछ ।

भारतका विभिन्न क्षेत्रीय भाषाहरुमा फिल्म निर्माण गर्दै आएको प्रियंका चोपडाको कम्पनीले यसपछि भारतको राजस्थान र छत्तिसगढमा फिल्म निर्माण उनकी आमा मधुले जानकारी दिएकी छिन् ।

प्रियंकाले होम प्रोडक्शन पर्पल पेबलबाट यो भन्दा पहिले मराठी फिल्म भेन्टिलेटर, भोजपूरी फिल्म बम बम बोल हा है निर्माण गरिसकेकी छिन् । त्यस्तै उनले पंजाबी फिल्म श्रावण निर्माण गरिसकेकी छिन् । जुन रिलिजको तयारीमा छ ।

Comments

comments