काठमाडौं । सन् २०१९ मा युएइमा हुने एएफसी कप छनौट प्रतियोगिताका लागि नेपाल पनि छनौट भएको छ ।

मलेसियामा भएको एएफसी सोलिडारिटि कपमा गरेको राम्रो प्रदर्शनका आधारमा नेपाल एसियन कप छनौट प्रतियोगिताका लागि छानिएको एएफसीले जनाएको छ ।

छनौट चरणमा २४ वटा टिमले भाग लिनेछन् । टिमलाई ६ वटा समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहको विजेता र उपविजेता एसियन कप फुटबलका लागि छनौट हुनेछ ।

Comments

comments