काठमाडौं । व्यवस्थापिका संसदमा जारी अवरोध हटाउनको लागि सभामुख ओनसरी घर्तीको आह्वानमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ ।

नेकपा एमाले र माओवादीको आफनै अडानले गर्दा बैठकले कुनै सहमति जुटाउन नसकेको हो ।

व्यवस्थापिका संसदमा सभामुखको कार्यकक्षमा सोमबार बसेको सर्वदलीय बैठकमा सभामुखले सहमतिमा आएर संसदको अवरोध फुकाउन आग्रह गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको विषयमा सहमतिमा आग्रह गर्नुभएको थियो । तर, नेकपा एमालेको पुरानै अडान र सरकारको संशोधनलाई थाँती नराख्ने निर्णयले बैठक पनि निष्कर्षविहीन भएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले आफनो अडान कायम रहेको जानकारी दिनुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रले संशोधनको विषयमा उठेका विषयलाई प्याकेजमा सहमति गर्नुपर्नेमा जोड दिनुभएको पार्टी प्रवक्त पम्फा भुषालले जानकारी दिनुभयो ।

यता बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सरकारले संशोधनको औचित्यका बारेमा एमालेलाई प्रष्ट पार्न आग्रह गरेको जानकारी दिनुभयो ।

सभामुखको आह्वानमा बसेको सात दलको बैठक विना निष्कर्ष टुंगिएकाले मङ्गलबार बस्ने संसद बैठक प्ुन स्थगित हुने देखिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this for

career-in-aus

Comments