काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राजनीतिक संक्रमणका कारण अपेक्षाअनुसार पुनर्निर्माणको काम गर्न नसकिएको स्वीकार्नुभएको छ ।

उहाँले फरक फरक नेतृत्वसँग काम गर्दा नयाँ चुनौतीहरु भएकाले अपेक्षानुसार काम गर्न नसकिएको बताउनुभयो ।

पुनर्निर्माण र पीडितहरुको पुनर्वास गराउने जिम्मेवारीसहित प्राधिकरण गठन भएको एक वर्ष पुगेको अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रमुख ज्ञवालीले हरेक पटक नेतृत्व फेरिएसँगै नयाँ ढंगले शुरुदेखि नै काम गर्नुपर्दा समस्या उत्पन्न भएको बताउँनुभयो । यसले गर्दा जनअपेक्षा अनुसार काम गर्न कठिनाई भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमख कार्यकारी ज्ञवालीले स्थानीय जनप्रतिनिधि नभएकाले समन्वय गरी काम गर्न गाह्रो भएको बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा भूकम्प पीडितहरुसँग अनुदान सम्झौता र पहिलो किस्ताको रकम वितरणको काम भने जारी रहेको बताउनुभयो ।

प्राधिकरण प्रमुख ज्ञवालीले दोश्रो किस्ताको रकम वितरणको काम पनि अन्तिम चरणमा पुगेकोले छिट्टै रकम वितरण गरिने आश्वासन व्यक्त गर्नुभयो ।

Comments

comments