काठमाडौं । सरकारले पन्ध्र दिन अघिको सार्वजनिक विदा शनिवार मात्र घोषणा गरेको छ ।

पन्ध्र दिन अघिको विदा पन्ध्र दिनपछि घोषणा भएपछि धेरै जना अलमलमा परेका छन् । प्रसँग सरकारले आज २५ डिसेम्वर अर्थात पौष १० गते क्रिसमस डेका अवसरमा सार्वजनिक विदा दिने निर्णयबारेको विज्ञप्तिको हो । गृह मन्त्रालयद्धारा जारी गरिएको गृह प्रवक्ता बालकृष्ण पन्थीले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा क्रिसमस डेको अवसरमा डिसेम्वर १० मा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराइएको छ । डिसेम्वर २५ मा क्रिसमस पर्छ भन्ने नजानेर वा पौष १० सँग छन्द मिलाउन हो,गृह मन्त्रालयका सूचना कर्मचारीहरु झुक्किदा सरकारको उक्त विज्ञप्ति अहिले मजाकको विषय बनिररहेको छ । सँगै फेसबुक र ट्वीटर लगायतका सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

केही दिन अघि पूर्व राजाले जारी गरेको विज्ञप्तिमा ५० भन्दा बढी अशुद्ध शब्दहरु प्रयोग भएको घट्नापछि पुष्पकमल दाहालको सरकारले पनि हेर्दा र सुन्दा सामान्य लाग्ने तर वास्तवमा जटिल गल्ती गरेका हुन् ।

december

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments