काठमाडौं । अहिले मुलुकमा फेरि हिन्दूवादी राजनीति गर्ने दल र नेताहरुको सक्रियता बढ्न थालेको छ । ती हिन्दूवादीहरुको आस्थाको केन्द्र निर्मल निवास र पूर्व राजा ज्ञानेन्द्र नै हुन् ।

केही दिन अघि काँग्रेस नेता खुमबहादुर खड्का लगायतले उचालेकै भरमा बेमौसमी वक्तव्य जारी गरेर विवादमा फसेका पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज पारस शाह यतिखेर फेरि सामाजिक सञ्जालहरुमा छाउन थालेका छन् । तर यसपटकको प्रसँग भने विल्कुल फरक छ । हिन्दू राजनीतिका केन्द्रीय व्यक्तित्वलाई ईशाई धर्मावलम्बीहरुको पवित्र पर्व क्रिसमसका अवसरमा आयोजित पार्टीमा भेटिएपछि धेरैका लागि अनौठो घट्ना बन्यो ।

काठमाडौंमा आयोजित क्रिसमस इभको जमघटमा पूर्वराजा शाह र पूर्वयुवराज पारस पनि देखिएका हुन् । लाजिम्पाटमा ह्वाईट अफेयर्स नाम दिइएको पार्टीमा शाह टाइसुट लगाएर पुगेका थिए । उनीहरुले प्राईभेट रुममा बसेर परिवारजनसँग रमाइलो गरेको बताइएको छ । पार्टीमा पूर्वराजा समेत आएपछि धेरैका लागि अप्रत्यासित बन्यो र उनीसँग फोटो खिच्ने होडबाजी नै चलेको थियो । उनीसँग फोटो खिच्नेमा एक थिईन् इमेज च्यानलकी भिजे तथा चलचित्र ड्रिम्सकी नायिका सन्ध्या केसी । तिसारा रेष्टुराँमा आयोजित उक्त पार्टीमा पूर्व राजा शाहसँग खिचिएको तस्वीर सबैभन्दा पहिले सन्ध्याले नै सार्वजनिक गरेकी हुन् ।

यसैगरी पूर्वयुवराज पारस शाह पनि क्रिसमस इभ मनाउँन ठमेल पुगेका थिए । उनी पनि टाइसुटमै सजिएर ठमेल पुगेका थिए । उनलाई पनि फोटो खिच्ने भीडले घेरेर तस्वीर लिन आग्रह गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments