मेलबर्न । गत शनिवार नेपाल महोत्सव २०१६ भव्यताका साथ सम्पन्न गरेको गैरआवासीय नेपाली संघ भिक्टोरियाले आगामी महोत्सवका लागि सुझाव संकलन शुरु गरेको छ ।

एक सुझावपत्र प्रकाशित गर्दै दुई वर्ष पछाडि हुने नेपाल फेस्टिबल कस्तो हुनुपर्ला भनेर सुझाव माग गरेको हो । प्राप्त सुझावहरुलाई गैरआवासीय नेपाली संघ भिक्टोरियाको आगामी नेतृत्वलाई बुझाइने संयोजक केशव कँडेलले बताउँनुभयो ।

शुक्रवार महोत्सवका स्वयम्सेवीहरुको सम्मान कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले भव्यताका साथ सम्पन्न भएको नेपाल फेस्टिबल नेपाली कला संस्कृतिको प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको बताउँनुभयो ।

यस्तै भिक्टोरियाका नेपाली अगुवा बम योञ्जनले यसपटकको नेपाल फेस्टिबलमा नयाँ व्यवसायीहरुले पनि स्टल राख्नु उत्साहप्रद भएको बताउँनुभयो ।

कार्यक्रममा नेपाली एशोसियसन अफ भिक्टोरियाका अध्यक्ष डा. अनुपम पोख्रेल, नेपाल फेस्टिबलका उपसंयोजक तारा गैरे, क्रेगीबन नेपाली समाजका अध्यक्ष प्रेम कँडेल र स्वयंसेवक गौतम लामिछाने लगायतले नेपाल फेष्टिबल सार्थक र भव्य भएकोमा प्रशन्नता व्यक्त गर्नुभएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Photo :MNtv

Comments

comments