मेलबर्न । विदेश पढ्न जान चाहने नेपाली विद्यार्थीहरुको संख्या बढ्दो छ । शिक्षा मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा मात्र करिब ३० हजार भन्दा बढीले विदेश अध्ययनमा जान नो अब्जेक्सन लेटर लगेका छन् । कतिपय विद्यार्थीमा नो अब्जेक्सन लेटर विदेशी मुद्रा सटही गर्न मात्र हो भन्ने गलत बुझाइ पाइन्छ । त्यसो भए विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर किन आवश्यक छ त ?

वास्तवमा शिक्षा मन्त्रालयले दिएको नो अब्जेक्सन लेटर विदेशी शिक्षण संस्थामा अध्ययन गर्न राज्यले दिएको पूर्वस्वीकृति हो ।

पढाइ खर्च वापत लाग्ने आवश्यक रकम विदेशी मुद्रामा बैंकिङ प्रणाली मार्फत सटही सुविधा प्राप्त गर्नका लागि पनि नो अब्जेक्सन लेटर आवश्यक पर्छ । किनभने नो अब्जेक्सन लेटर बिना विदेश अध्ययनमा जान आवश्यक विदेशी मुद्रा सटही गर्न मिल्दैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

विदेशी शिक्षण संस्थामा पढेको सर्टिफिकेटको मान्यता पाउन वा समकक्षता,दर्ताका लागि पर्न सक्ने समस्याबाट बभ्न सजगताका लागि पनि नोअब्जेक्सन लेटर चाहिन्छ ।

विदेशका कतिपय शिक्षण संस्थाले नो अब्जेक्सन लेटर शुरुमा नखोजेपनि पछि खोज्ने गर्छ । शुरुमै नो अब्जेक्सन लेटर भएमा त्यस्ता शैक्षिक संस्थाले पछि खोजे पनि धेरै दुख पाउँदैन ।

त्यति मात्र नभई विद्यार्थी भिसामा विदेश जान लागेको छ भने नेपालको अध्यागमनले समेत नो अब्जेक्सन लेटर सोधखोज गर्ने गर्दछ । विद्यार्थी भिसाको दुरुपयोग रोक्न पनि नो अब्जेक्सन लेटर चाहिन्छ ।

(यो लेख नेपाल सरकार शिक्षा मन्त्रालयका उपसचिव डिल्लीश्वर प्रधानले दिनुभएको जानकारीका आधारमा तयार पारिएको हो । )

Comments

comments