मेलबर्न । क्रिसमस डेको दिन पारेर अष्ट्रेलियाको मेलबर्नमा आतंकवादी आक्रमण गर्ने योजनाको रहस्योद्घाटन भएको छ । मेलबर्नको फेडेरेशन स्क्वायर र फ्लाइन्डर्स स्ट्रीट स्टेशन जस्ता स्तम्भस्थलहरुमा विस्फोटको योजना बनाएको खुलेको भिक्टोरिया प्रहरीले दाबी गरेको छ ।

विस्फोटको योजना बनाएको आरोपमा प्रहरीले एक महिला सहित छ जना युवाहरुलाई पक्राउ गरेको छ । २० देखि २६ वर्ष उमेरका ती अभियुक्तहरु अहिले प्रहरी हिरासतमा रहेका छन् । उनीहरुले आइएसको प्रेरणामा मेलबर्नमा आतंकवादी विस्फोटको योजना बनाएको प्रहरीले आशंका गरेको छ । पक्राउ परेका सातैजनालाई शुक्रवार आतंकवादी आक्रमणको योजना बनाएको अभियोगमा अदालतमा उपस्थित गराइदैछ । उनीहरुमध्ये ४ जना अष्ट्रेलियामै जन्मेका लेबनान मुलका रहेको प्रहरीले जनाएको छ । एक जना भने इजिप्टमा जन्मेका अष्ट्रेलियन नागरिक रहेको खुलेको छ ।

isis-aघट्नापछि प्रतिक्रिया दिदै अष्ट्रेलियाका प्रधानमन्त्री मालकम टर्नबुलले कयौं वर्षपछिको सबैभन्दा निन्दनीय आतंकवादी योजना भएको बताए । यो समाचारले सबै अष्ट्रेलियनहरुको गम्भीर ध्यानाकर्षण गराएको उनले बताए । क्रिसमस जस्तो उत्सवको पर्वलाई धुमिल र त्रसित बनाउने यस्तो योजनाको प्रधानमन्त्री टर्नबुलले कडा शब्दमा निन्दा गरे । यस्ता आतंकवादलाई अष्ट्रेलिया जनता र सरकारले माफी नदिने उनको भनाइ थियो ।
विशेष सुराकका आधारमा प्रहरीले छापा मार्दा आतंकवादी योजना सार्वजनिक भएको हो । भिक्टोरिया प्रहरी,अष्ट्रेलियन सुरक्षा अनुसन्धान संगठनको संयुक्त टोलीले छापा मारेर केही विस्फोटक पदार्थहरु सहित योजनाकारहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको विस्फोटको योजना सफल भएको भए धेरैजनाको मृत्यु वा गम्भीर घाइते हुने थियो,भिक्टोरिया प्रहरी प्रमुख ग्रहम अष्टनले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बताए । अनुसन्धानका क्रममा ती आतंकवादीहरुले आक्रमणका लागि विस्फोटक पदार्थका साथै चक्कु र बन्दुक समेत प्रयोग गर्ने योजना बनाएको पाइएको उनले बताए ।

policeआक्रमणको योजना बनाइएका सबै स्तम्भवहरु मेलबर्न शहरको केन्द्रीय भागमा रहेका छन् । त्यहाँ बक्सिङ डेको अवसर पारेर अष्ट्रेलिया र पाकिस्तानबीच टेस्ट म्याचको आयोजना गरिदैथियो । त्यसैले उक्त दिन झण्डै एक लाख जनाको उपस्थिति रहने अनुमान गरिएको थियो ।

प्रहरीले विहीवार रातभर गरेर मेलबर्नको उत्तरपश्चिम क्षेत्रको पाँच ठाउँमा छापा मारेको थियो । हप्तौंसम्मको अनुसन्धान र सुराकको आधारमा छापा मारेको प्रहरीले ७ जना अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका सातजना मध्ये २० वर्षीया एक युवती सहित अर्का २६ वर्षीय युवालाई भने प्रहरीले बेकसुर भन्दै शुक्रवार नै रिहा गरेको छ ।

प्रहरीले अझै केही स्थानमा विस्फोटक सामाग्रीहरु भण्डारण गरेको आशंकामा मेलबर्नको विभिन्न स्थानहरुमा छापा मार्ने कार्यलाई जारी राखेका छन् । यसका लागि झण्डै ४ सय प्रहरी परिचालन गरिएको छ ।

यसैबीच भिक्टोरिया प्रहरीले सतर्क रहन सर्वसाधारणहरुलाई अपिल गरेको छ । तर आतंकवादसँग लड्न प्रहरी सक्षम र तत्पर रहेकोले क्रिसमसको उत्सव निर्धक्क भएर मनाउन पनि आग्रह गरिएको छ ।

Photo Source : news.com.au

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments