एजेन्सी । इराकका पुर्व राष्ट्रपति सद्दाम हुसेनकी छोरी रागद सद्दा हुसेनले अमेरिकन निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गरेकी छिन्।

उनले ‘अमेरिकन नेतृत्वमा आएका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प राजनीतिक संवेदनशिलता भएका नेता भएको बताएकी छिन् । पहिलेको तुलनामा उनले आफु बढी संवेदनशिल भएको देखाएका छन्। सीएननसँगको कुराकानीमा हुसेनले भनिन्।

सद्दाम हुसेनकी छोरी रागद सद्दा हुसेन आफु डोनाल्ड ट्रम्पको समर्थक रहेको बताउँदै आएकी थिइन। इराकमा भएको आक्रमण गलत थियो भन्ने कुरा ट्रम्पले बताउन अफ्ट्यारो नमानेको भन्दै आफ्ना बाबुलाई मारिनु गलत थियो भन्ने कुरा ट्रम्पलाई राम्ररी थाहा भएको दावी गरेकी छिन्।

डोनाल्ड ट्रम्पले इराक युद्धको बारेमा आफुले बिरोध जनाएको निर्वाचन अभियानमा बताउँदै आएका थिए। सद्दाम हुसेनलाई सन २००६ मा मारिएको थियो।

आतंकबादीहरुलाई सद्दाम हुसेनलाई ठिक पारेको बताउँदै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाद्धारा मारिएका सद्दाम हुसेनको प्रसंसा गरेका थिए। सद्दाम हुसेनलाई अमेरिकाले नमारेको भए अहिले संसार धेरै सुरक्षित रहने बताएका ट्रम्पले बताएका थिए।

Comments

comments