मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा सुरक्षा अधिकारीहरुबाटै सर्वसाधारणमाथि दुव्र्यवहार हुने गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

भिक्टोरिया राज्यको भ्रष्टाचार विरुद्धको इन्डिपेन्डेन्ट ब्रोडले विहीवार सार्वजनिक गरेको प्रतिवेदनमा भिक्टोरिया राज्यमा प्रहरी सहितको सुरक्षा अधिकारीहरुबाटै दुव्र्यवहार हुने गरेको उल्लेख छ । विशेष गरेर तरुनी उमेरका युवतीहरुमाथि बढी दुव्र्यवहार हुने गरेको रिपोर्टमा उल्लेख छ ।

केही समय अघि ट्रेनमा धुम्रपान गर्दै गरेको अवस्थामा एक युवतीलाई सुरक्षा अधिकारीले केरकारका नाममा जबर्जस्ती उनको सम्पूर्ण व्यक्तिगत विवरण दिन बाध्य पारेका थिए । पछि तिनै सुरक्षा अधिकारीले सामाजिक सञ्जाल मार्फत ती युवतीलाई सम्पर्क गरेका थिए । फेसबुकमा ती सुरक्षा अधिकारीले तिम्रो आँखा अद्भूत सुन्दर छन् भन्ने सन्देश पठाई युवतीमाथि दुव्र्यवहार गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

सुरक्षा अधिकारीहरुले अनुन्धानका नाममा युवतीहरुको आइडी हेर्ने र सामाजिक सञ्जाल मार्फत पछि सम्पर्क गर्ने घट्नामा उल्लेख्य वृद्धि भएको पाइएको प्रतिवेदन सार्वजनिक गर्ने समितिका एक सदस्यले बताए । प्रतिवेदन तयार पार्ने क्रममा करिब १७ प्रतिशत दुव्र्यवहारका घट्ना सुरक्षा अधिकारीहरुबाट हुने गरेको पाइएको एसविएसमा प्रकाशित समाचारमा उल्लेख छ ।

सुरक्षा अधिकारीहरुसँग अनुसन्धानका क्रममा व्यक्तिको सम्पूर्ण विवरण माग्ने अधिकार छ तर त्यसरी लिइएको विवरण व्यक्तिगत सम्बन्ध विस्तार गर्ने प्रयोजनका लागि प्रयोग गर्नु गैरकानूनी हो,प्रतिवेदनमा भनिएको छ ।

Photo credit : Abc.com.au

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments