काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्लो विज्ञप्तिप्रति कडा टिप्पणी गर्नुभएको छ । उहाँले पश्चगामी ध्येयका साथ पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको बताउँनुभएको छ ।

साथै नेता भट्टराईले यसको सबै अग्रगामी शक्तिले प्रतिवाद गर्नुपर्ने बताउँनुभएको छ ।

भट्टराईले बाह्य शक्ति केन्द्र धाउँदै हिड्ने ज्ञानेन्द्रले राष्ट्रियताको दुहाई दिनु पाखण्डपूर्ण भएको समेत उल्लेख गर्नुभएको छ । उहाँले ट्वीट गर्दै शाहवंशले मात्र नेपाल आर्जेको, अरु गोर्खाली सुतेको हो त ? भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले अर्को ट्वीटमा भन्नुभएको छ–इतिहासमा क्रान्तिपछि राजालाई यसरी चैनसाथ बस्ने र हाकाहाकी प्रतिक्रान्तिको धम्की दिने छुट कतै दिएको देखिन्न । ज्ञानेन्द्रलाई त्यो छुट कहिलेसम्म ?

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments